प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ।
काठमाडौँको नारायणटारस्थित चामुन्डा माविमा मतगणना सुरु भएको निर्वाचनको कार्यालयले जानकारी दिएको छ।
भरखरै मत गन्न सुरु गरिएको मतगणना स्थलमा रहका उज्यालो नेपालका पार्टीका प्रवक्ता राजु थापाले जानकारी दिए। ‘सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको हो,’ थापाले भने।
यो क्षेत्रबाट नेपाली कांग्रेसका रमेश अर्याल, नेकपा (एमाले)का रामेश्वर फुयाल, नेकपाका निरज लामा, रास्वपाका राजु पाण्डे र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ प्रतिस्पर्धामा छन्।
काठमाडौँ-३ मा पनि गोकर्णश्वर नगरपालिका-१ को मतपेटिकाबाट गणना सुरु गरिएको जनाएको छ।
1.6k
Shares

प्रतिक्रिया