राजनीति


चुनावको स्वागत गर्दै भारतले भन्यो : नयाँ सरकारसँग काम गर्न उत्सुक छौँ

चुनावको स्वागत गर्दै भारतले भन्यो : नयाँ सरकारसँग काम गर्न उत्सुक छौँ

नेपालखबर
फागुन २१, २०८२ बिहिबार २१:३७, काठमाडौँ

नेपालले सफलतापूर्वक आम निर्वाचन सम्पन्न गरेको भन्दै भारतले त्यसको स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले उत्साहजनक सहभागिताका साथ नेपालमा लोकतान्त्रिक जनादेशको प्रयोग भएको उल्लेख गरेका छन्।

‘गत वर्षको असामान्य अवस्थाको पृष्ठभूमिमा आयोजित यो चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा हामी प्रधानमन्त्री सुशीला कार्की, सरकार र नेपालका जनतासाथै सरोकारवालाहरूलाई बधाई दिन्छौँ,’ जैसवालले भनेका छन्।

भारतले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने तत्परता पनि व्यक्त गरेको छ।

‘आपसी हितका लागि हाम्रा दुई देश र जनताबीचको बलियो सम्बन्धलाई अझ सुदृढ तुल्याउन हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर छौँ,’ जैसवालले भनेका छन्।

विगतमा नेपालको शान्ति, प्रगति र स्थायित्वका लागि सहयोग गरेको जनाउँदै भारतले यो चुनवामा पनि बन्दोबस्तीका सामान सहयोग गरेको उल्लेख गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad