राजनीति


मतदान सम्पन्न भएपछि प्रचण्डले भने: सबै पक्ष मिलेर अघि बढ्ने विश्वास व्यक्त गर्दछु

मतदान सम्पन्न भएपछि प्रचण्डले भने: सबै पक्ष मिलेर अघि बढ्ने विश्वास व्यक्त गर्दछु

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १७:५७, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार कर्मचारी सुरक्षाकर्मी राजनीतिक दल नागरिक समाज र मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। 

मतदान सम्पन्न हुनासाथ बिहीबार साँझ प्रचण्डले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन्। 

‘एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधिसभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ’, उनले लेखेका छन्, ‘म नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज एवम संपुर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

यस क्रममा उनले निर्वाचन सम्पन्न भएसँगै गणतन्त्रप्रति विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको उल्लेख गरेका छन्। साथै अब देश र जनताको हितका लागि सबै पक्ष मिलेर अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका छन्। 

‘मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको छ’, प्रचण्डले लेखेका छन्, ‘आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास व्यक्त गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad