राजनीति


कांग्रेसले भन्यो– मतदातालाई सम्मान छ, सरकार र निर्वाचन आयोगलाई धन्यवाद

कांग्रेसले भन्यो– मतदातालाई सम्मान छ, सरकार र निर्वाचन आयोगलाई धन्यवाद

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १७:५९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले आज भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएर मतदान गर्नेप्रति पार्टीकातर्फबाट सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन्।

सभापति थापाले निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको बताए।

‘यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

केही निर्वाचन क्षेत्रमा भएका घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिए।

‘निर्वाचन सफल बनाउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गर्दछौं,’ उनले भने।

निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु भएका राजनीतिक दलहरू, सञ्चारकर्मी मित्रहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि कांग्रेसले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad