जारी प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार दिउँसो २ बजेसम्म ६ लाख २२ हजार ४२ मत खसेका छन्।
प्राप्त विवरणअनुसार यस अवधिमा सबैभन्दा बढी कोसी प्रदेशमा ११ लाख ४९ हजार ५७१ मत खसेका छन्।
दोस्रोमा मधेस प्रदेशमा १० लाख २४ हजार ४४१ जनाले भोट हालेका छन्।
यसपछि लुम्बिनीमा ९ लाख ७७ हजार ४१९ मत खसेका छन्।
यसैगरी बागमती प्रदेशमा ८ लाख ५३ हजार ५२९ जनाले मत हालिसकिएको छ। यद्यपि यो तथ्यांकमा काठमाडौँ उपत्यकाका तीन जिल्लामा खसेका मत जोडिएको छैन।
प्राप्त तथ्यांकअनुसार काठमाडौँ उपत्यकाका ३ जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) मा गरी ५ लाख ५२ हजार ८८६ मत खसेका छन्।
यस्तै दिउँसो २ बजेसम्म गण्डकी प्रदेशमा ७ लाख २४ हजार १३०, सुदूरपश्चिममा ५ लाख ६८ हजार ५५१ र कर्णालीमा ३ लाख ६९ हजार ५१५ मत खसेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ।
हेर्नुहोस् सूची

Shares

प्रतिक्रिया