कर्णाली


कर्णालीमा ४१ प्रतिशत मतदान, सबैभन्दा धेरै मुगुमा

कर्णालीमा ४१ प्रतिशत मतदान, सबैभन्दा धेरै मुगुमा

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १५:२, सुर्खेत

कर्णाली प्रदेशका १० जिल्लामा जारी प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म ४१ प्रतिशत मतदान भएको छ। 

प्रदेश निर्वाचन कार्यालयका अनुसार कुल १० लाख ३७ हजार २५० मतदातामध्ये ४ लाख २४ हजार ७५५ जनाले मतदान गरेका छन्।

प्रतिवेदनअनुसार सुर्खेत क्षेत्र नम्बर १ मा ३८.७२ प्रतिशत र क्षेत्र नम्बर २ मा ४३.१५ प्रतिशत मतदान भएको छ। 

दैलेख क्षेत्र नम्बर १ मा ३४.७४ प्रतिशत तथा क्षेत्र नम्बर २ मा २९.२२ प्रतिशत मतदान भएको छ।

जाजरकोटमा ४४.६७ प्रतिशत, रुकुमपश्चिममा ३८.४१ प्रतिशत, सल्यानमा ५०.६१ प्रतिशत, कालिकोटमा ३०.४२ प्रतिशत, जुम्लामा ४४.२६ प्रतिशत, मुगुमा ५५.२९ प्रतिशत, डोल्पामा ५३.३१ प्रतिशत र हुम्लामा ४८.८३ प्रतिशत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad