जारी निर्वाचनअन्तर्गत बुढानीलकण्ठ नगरपालिकामा एक शताब्दी उमेर पार गरेका ज्येष्ठ नागरिकले उत्साहका साथ मतदान गरेका छन्।
बुढानीलकण्ठ-२ का १०५ वर्षीय चन्द्रबहादुर खड्काले आज बिहान चपली मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
बढ्दो उमेर र शारीरिक शिथिलताका बाबजुद पनि खड्का मतदान केन्द्रसम्म पुगेर भोट हालेका हुन्। मतदान गरेर फर्कने क्रममा उनी निकै खुसी देखिन्थे।
ज्येष्ठ नागरिक खड्काको यो उत्साहले युवा मतदाताहरूका लागि समेत प्रेरणा थपेको छ।
120
Shares

प्रतिक्रिया