राजनीति


नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दोहा र दुबईका उडान रद्द

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दोहा र दुबईका उडान रद्द

नेपालखबर
फागुन १६, २०८२ शनिबार १९:४०, काठमाडौँ

मध्यपूर्वमा देखिएको तनावका कारण नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दोहा र दुबईका उडान रद्द गरिएका छन्। 

नेपाल एयरलाइन्सले शनिबार साँझ सूचना प्रकाशित गरी मध्यपूर्वको तनावका कारण आज र भोलिका उडान रद्द गरिएको जनाएको छ। काठमाडौँबाट कतारको दोहा र यूएईको दुबईका लागि हुने नेपाल एयरलाइन्सका फागुन १६ र १७ गतेका उडान रद्द गरिएका हुन्। 

मध्यपूर्वको अवस्था हेरेर उडानबारे जानकारी गराइने नेपाल एयरलाइन्सले जनाएको छ। उडान सम्बन्धी जानकारी सम्बन्धित यात्रुलाई इमलेमाफर्त पनि गराइने सूचनामा उल्लेख छ। 

त्यस्तै, हिमालय एयरलाइन्सले पनि दुबई, दमाम र दोहाका उडान रद्द गरिएको जनाएको छ। शनिबार साँझ हिमालय एयरलाइन्सले जारी गरेको सूचनामा अर्को सूचना भएसम्मका लागि उडान रद्द गरिएको उल्लेख छ। 

अमेरिका र इजरायले इरानमा शनिबार सैन्य आक्रमण गरेको छ। त्यसको जवाफमा इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ। जसले गर्दा कतार र यूएईले हवाई उडान बन्द गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad