अपराध


बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

सुभाष कर्ण
फागुन १६, २०८२ शनिबार १९:५२, जनकपुरधाम

जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरधाममा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता पक्राउ परेका छन्। 

शनिबार साँझ प्रहरीले एलईडी सेटसहित भारतीय नम्बर प्लेटको गाडी र रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुई दिनदेखि जनकपुरधामको विभिन्न चोकमा भारतीय गाडीले बीबीसीले तयार पारेको डकुमेन्ट्री देखाइरहेको थियो। एलइडी सेटसहितको गाडी रहेको छ।

थप दुई वटा गाडी अझै रहेको छ, खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बमले बताए। 

डीएसपी बमका अनुसार, बी.आर ०१ जी ०१४६७ नम्बरको गाडीमा प्रोजेक्टर लगाएर जनकपुरको रेल्वे स्टेसन अगाडि डकुमेन्ट्री प्रसारण भइरहेको थियो।  प्रसारण भइरहेको क्रममा गाडीमै बसिरहेका रास्वपाका कार्यकर्ता विकास जयसवाललाई पक्राउ गरिएको छ। 

निर्वाचन आचारसंहिता विपरीत भारतीय गाडीको प्रयोग गरी संवेदनशीलताको ख्याल नगरी चुनावको मुखमा बीबीसीको डकुमेन्ट्री प्रसारण गरिरहेकाले उनलाई नियन्त्रणमा लिइएको डीएसपी बमले बताए। 

‘अहिले निर्वाचनको मुखमा प्रसारण गराउनेको उद्देश्य के रहेको बुझ्न सकिएन,’ डीएसपी बमले भने, ‘डकुमेन्ट्री प्रसारणले जनतामा निर्वाचनप्रति वितृष्णा उत्पन्न हुन सक्ने, सद्भाव बिग्रन सक्ने भन्ने गुनासो आइरहेकाले खोजी गर्दा स्टेशन एरियामा फेला परेको हो।’

दुई दिनदेखि रास्वपा कार्यकर्ताले डकुमेन्ट्री देखाइरहेको पाइएको छ। एउटा गाडी नियन्त्रणमा आए पनि अन्य दुई वटा गाडी फेला नपरेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad