राजनीति


कांग्रेसले सरकारको नेतृत्व लिए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन गर्छः गगन थापा

कांग्रेसले सरकारको नेतृत्व लिए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन गर्छः गगन थापा

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १७:८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भईसकेको आफ्नो सम्पत्ति छानबिन गर्ने बताएका हुन्।

सभापति थापाले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने कांग्रेसको संकल्प रहेको जिकिर गरे।

सभापति थापाले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी कांग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन समेत दिए। 

उनले भने,‘देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ। यो नेपाली काँग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छं। त्यो शक्तिशाली आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनु भएको शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्ति सबैभन्दा पहिला त्यहाँबाट छानत्रिन शुरु गर्छ। आफ्नो बा भएपनि छोडदैन। एउटा, एउटा कुराको छानबिन गर्छ। एउटा एउटा काण्डको छानबिन गर्छ। र, भविष्यमा त्यस्तो कुनैपनि काण्ड हुन पनि दिन्न।’ 

सभापति थापाले कांग्रेसले सरकारको नेतृत्व लिनका लागि मुलुकलाई अघि बढाउने सबै विषयमा मिहिन ढंगले छलफल गरेको दाबी समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad