ad ad

राजनीति


नेता नेपालको प्रश्नः नेपाली नागरिक किन भारतविरोधी भइरहेका छन्, थाहा छ?

नेता नेपालको प्रश्नः नेपाली नागरिक किन भारतविरोधी भइरहेका छन्, थाहा छ?

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ४:३४,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतले नेपाली भूमिमा सडक बनाएको कुरा गम्भीर विषय भएकाले कोरोना महामारी देखाएर सरकार पन्छिन नमिल्ने बताएका छन्।

अहिले (सोमबार बिहान) सिंहरदरबारमा जारी प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा समिति सदस्य नेपालले देशको भूमि मिचिएको जस्तो राष्ट्रको सार्वभौम सत्ताजस्तो गम्भीर विषयमा कोरोना महामारी देखाएर सरकार चुप लागेर बस्न नहुने सुझाव दिएका हुन्।

‘जमिन अतिक्रमण भएको जस्तो गम्भीर विषयमा कोरोना महामारी देखाएर सरकारले भारतसँग वार्ता नगरी बस्न मिल्दैन,’ बैठकमा नेता नेपालले भने, ‘यसमा सरकार सक्रिय भइहाल्न जरुरी छ।’

घरिघरि यो समस्या आइरहेको उल्लेख गर्दै नेता नेपालले भारतीय सीमामा काँडेतार र पर्खाल लगाउनेसम्म पनि सरकार अगाडि बढ्नुपर्ने बताए।

यस्तै वरिष्ठ नेता नेपालले भारतले बेलाबेला नेपाली जनतालाई भारतविरोधी भारतविरोधी भनेर आरोप लगाउने गरेकाे उल्लेख गर्दै प्रश्न गरे, ‘भारतले विचार गर्न जरुरी छ, नेपाली जनता भारतविरोधी किन भइरहेका छन्?’

यसैगरी बैठकमा नेता नेपालले भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई जथाभावी बोल्दै नहिँड्न सुझाव दिएका छन्। एक अन्तर्वार्तामा मन्त्री अर्यालले नेपालको नक्सामा लिम्पियाधुरा नरहेको बताएको प्रसंग निकाल्दै नेता नेपालले देशको बदनाम गर्ने काम नगर्न चेतावनी दिएका हुन्।

हिजो आइतबारको बैठकमा अनुपस्थित मन्त्री अर्याल आजको बैठकमा भने उपस्थित छिन्। अहिले बैठक जारी नै छ। 

याे पनि: 

जब परराष्ट्रमन्त्रीलाई सांसदले र्‍याखर्‍याख्ती पारे (भिडियो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .