राजनीति


परराष्ट्रमन्त्री शर्मा र चिनियाँ राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री शर्मा र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपालखबर
फागुन १३, २०८२ बुधबार १५:५५, काठमाडौँ

परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत चाङ माओमिङले बुधबार शिष्टाचार भेट गरेका छन्। 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी हितसहितका विषयमा छलफल भएको छ।

चीनका राजदूत माओमिङसँगको भेटमा मन्त्री शर्माले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरेका थिए। भेटका क्रममा सीमा व्यवस्थापन, व्यापार विस्तार र विगतमा भएका सम्झौताहरूको कार्यान्वयनका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ। 

राजदूत माओमिङले आफ्नो कार्यकालमा नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए।

चिनियाँ राजदूतले मंगलबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए।

चीन नेपालको दोस्रो ठूलो वैदेशिक व्यापार साझेदार हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad