बुधबार सेयरबजार १०.३० अंकले बढेर २६४८.९० अंकमा बन्द भएको छ।
साताको पहिलो दिन आइतबार नेप्से घटे पनि त्यसयताका तीन कारोबार दिनमा बजार बढ्न पुगेको हो।
मंगलबार दोहोरो अंकले बढेको बजारमा लगानीकर्ताले ४ अर्ब ४५ करोडको कारोबार गरेका हुन्।
यो दिन कारोबारमा आएका ३३३ वटा कम्पनीको सेयरमध्ये १५७ वटाको मूल्य बढ्दा ९० वटाको घटेको छ भने १३ वटाको मूल्यमा कुनै परिवर्तन देखिएन।
आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको मूल्यमा सकारात्मक सर्किट लाग्दा वीन लघुवित्त र सुपरमाई हाइड्रोको मूल्यमा ९ प्रतिशतले बृद्धि देखिएको हो।
यता घट्नेमा भने हिमालयन पावर पार्टनर अगाडि देखिएको छ। यो कम्पनीको मूल्य ५.९८ प्रतिशतले घटेको हो। यस्तै आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको कारोबार भएको छ। यो कम्पनीको लगानीकर्ताले २८ करोड बराबरको कारोबार गरेका हुन्।
Shares

प्रतिक्रिया