राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले बराहक्षेत्रलाई इन्डोनेसिया र मालदिभ्सजस्तो विकास गर्न सकिने बताएका छन्।
मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले बराहक्षेत्रबारे चर्चा गरे। उनले चुनावी सभामा उपस्थित समर्थकलाई प्रश्न गरे, ‘विश्वको पहिलो तीर्थस्थल कुन हो, थाहा छ तपाईहरूलाई? हाम्रै बराहक्षेत्र।’
यसलाई संसारभर चिनाउनुपर्ने उनको भनाइ थियो। ‘यो हामी नेपालीलाई पनि कतिलाई थाहा छैन। त्यो थाहा दिन चाहन्छौँ। त्यो थाहा दिने मान्छे बनौँ, त्यो थाहा दिन सिस्टम बनाउन चाहन्छौँ,’ उनले भने।
केही दिनअघि बहराक्षेत्रको भ्रमण गरेको सुनाए। त्यसबारे सुनाउँदै शाहले भने, ‘बराहको कोस्टल क्षेत्र इन्डोनेसियाको बाली, मालदिभ्स जस्तो विकास गर्न सकिन्छ लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी।’
Shares

प्रतिक्रिया