जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आज रुपन्देहीको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
जसपाको कार्यक्रमको लागि यादव आज बिहान काठमाडौँबाट भैरहवा प्रस्थान गरेका छन्। सोमबार बिहान ८ बजे यति एयरलाइन्सको विमानबाट उनी भैरहवा तर्फ प्रस्थान गरेका यादवको सचिवालयले जनाएको छ।
जसपाले आज भैरहवाको मर्चवारस्थित पर्सहवा बजारमा गर्ने चुनावी सभालाई प्रमुख वक्ताको रुपमा उनले सम्बोधन गर्ने कार्यक्रम छ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं जसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाको क्षेत्र मर्चवारमा चुनावी सभा आयोजना गरिएको छ।
सभामा पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री सर्वेन्द्र नाथ शुक्ला, लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्री माननीय सन्तोष पाण्डे, जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामअवतार यादव लगायत पार्टीका शिर्ष नेताहरुले पनि सम्बोधन गर्नेछन्।
अध्यक्ष यादव सोमबार दिउँसो नै नेपालगंज प्रस्थान गर्ने कार्यक्रम रहेको छ। बाँकेको निर्वाचन क्षेत्र २ का उम्मेदवार एवं पार्टी नेता कमरुद्दीन राईको निर्वाचन क्षेत्रका नेता कार्यकर्तासँग भेटघाट तथा छलफलका लागि यादव बाँके जान लागेका हुन्।
Shares

प्रतिक्रिया