नेकपा एमालेको युवा संगठन ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभिएफ) को कोसी प्रदेश स्तरीय भेला आज झापाको दमकमा हुँदैछ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सो भेलामा कोसी प्रदेशका विभिन्न जिल्लाबाट फोर्सका कार्यकर्ता सहभागी हुनेछन्।
फोर्सका प्रदेश संयोजक राजकुमार थापाका अनुसार, करिब ५० हजार युवालाई आज दमकमा उतार्ने तयारी गरिएको छ।
झापा ५ का मतदाताको उल्लेखनीय सहभागिता रहने सभामा गायक बैकुण्ठ महतको टिमले विविध साँस्कृतिका कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको थापाले जानकारी दिए।
दमक ७ स्थित पशु हाटमा हुने सभा सोमबा दिउँसो ११ बजे सुरु हुने आयोजकले जनाएको छ। सभामा फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले पनि सहभागी हुँदैछन्।
45
Shares

प्रतिक्रिया