नेपाली कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरधाममा आम सभा सुरु गरेको छ।
कांग्रेस मधेस प्रदेशका सभापति एवम् मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि पार्टीका सभापति गगन थापा रहेका छन्।
उपसभापति विश्वप्रसाद शर्मा, महिला उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदिप पौडल, गुरूराज घिमिरे, सह महामन्त्री मुक्ता यादव, पूर्वउपसभापति एवं धनुषा ३ का उम्मेदवार विमलेन्द्र निधिको आतिथ्यता रहेको छ।
यस्तै, धनुषा ४ का उम्मेदवार एवम् पूर्वसह महामन्त्री महेन्द्र यादव, धनुषा १ का उम्मेदवार राम पलटन यादव, धनुषा २ का उम्मेदवार दिनेश परसैला यादव लगायत प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरू र प्रदेश तथा केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहेको छ।
आजकै कार्यक्रमबाट कांग्रेसले आफ्नो चुनावी घोषणा पत्र ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्दै छ।
Shares

प्रतिक्रिया