राजनीति


धनगढीमा बालेनले भने- स्विट्जरल्यान्डको बाउ बढिमालिका यहीँ छ

धनगढीमा बालेनले भने- स्विट्जरल्यान्डको बाउ बढिमालिका यहीँ छ

नेपालखबर
फागुन ६, २०८२ बुधबार १५:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले देशलाई स्विट्जरल्यान्ड बनाउन नपर्ने बरु स्विट्जरल्यान्डभन्दा राम्रो ठाउँ सुदूरपश्चिमै रहेको जिकिर गरेका छन्। 

बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले बडिमालिका स्विट्जरल्यान्डभन्दा राम्रो भएको बताए। ‘मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनुपर्छ भन्छन्। स्विजरल्यान्डको बाउ बडिमालिका यहीँ छ किन बनाउनु पर्‍यो स्विजरल्यान्ड?’, शाहले थपे, ‘स्विजरल्यान्डको पराकाष्ठा रामारोशन यहीँ छ किन बनाउनु पर्‍यो स्विजरल्यान्ड? खप्तड नेशनल पार्क यहीँ छ किन बनाउनुपर्‍यो स्विजरल्यान्ड?’ 

उनले नेपालमा सबै हुँदाहुँदै पनि राम्रो बनाउन नसकिएको जिकिर गरे। ‘हामी नेपालीहरू माल भएर चल्न नपाएका मान्छेहरू पर्‍यौँ। भएको चिज देखाउनै सक्या छैन,’ शाहले भने। 

रास्वपा सुदूरपश्चिमलाई बनाउनका लागि आएको उनको भनाइ थियो। ‘सुदूरपश्चिमलाई सु–नजिक पश्चिम बनाउनुपर्‍यो, राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो एजेन्डा,’ उनले भने। 

धनगढीमा सबैलाई भेट्न पाउँदा खुशी लागेको उनले सुनाए। आफू धेरै बोल्न नआएको उनले बताए। ‘तपाईंहरूलाई आज यहाँ आएर भेट्न पाइयो धेरै खुसी लागेको छ। म धेरै बोल्ने मान्छे होइन, राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो, काम दिनुस् है,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad