राजनीति


आचारसंहिता उल्लंघनमा आयोगको ‘डन्डा’: ६६ दल र उम्मेदवारसँग स्पष्टीकरण

आचारसंहिता उल्लंघनमा आयोगको ‘डन्डा’: ६६ दल र उम्मेदवारसँग स्पष्टीकरण

नेपालखबर
फागुन ४, २०८२ सोमबार २०:४३, काठमाडौँ

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल र उम्मेदवारमाथि निगरानी बढाउँदै कारबाही प्रक्रिया तीव्र पारेको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीका आधारमा आयोगले हालसम्म ६६ दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो।

स्पष्टीकरण सोधिएकामध्ये ३२ वटाको जवाफ प्राप्त भइसकेको र तीमाथि अध्ययन भइरहेको आयोगले जनाएको छ। आयोगले दल र उम्मेदवारबाहेक आचारसंहिता विपरीत गतिविधि गर्ने सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई समेत स्पष्टीकरणको घेरामा ल्याएको छ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार दर्ता भएका सञ्चारमाध्यम र पत्रकारका हकमा आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्राचार गरिएको छ। "आचारसंहिताको प्रभावकारी पालना गराउन र उल्लंघनका घटना न्यूनीकरण गर्न प्राप्त उजुरीमाथि सुक्ष्म जाँचबुझ र कारबाही प्रक्रिया अघि बढाएका छौं," जोशीले भने।

जिल्ला-जिल्लामा अनुगमन अधिकृत

आयोगले केन्द्रमा मात्र नभई जिल्ला स्तरमा पनि अनुगमनलाई कडाइ गरेको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृत तोकिएको छ।

जिल्लास्तरमा हुने आर्थिक चलखेल र खर्चको निगरानीका लागि प्रमुख कोष नियन्त्रक वा कोष नियन्त्रकलाई जिम्मेवारी दिइएको छ।

जिल्लास्तरमा प्राप्त भएका उजुरीमाथि त्यहीँबाट स्पष्टीकरण सोध्ने र दोषी देखिए कारबाही गर्ने अधिकार प्रत्यायोजन गरिएको आयोगले जनाएको छ। अहिले ७७ वटै जिल्लामा सरोकारवालाहरूलाई आचारसंहिताबारे सचेत गराउने र पालनाको प्रतिबद्धता लिने कार्य भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad