राजनीति


जो आफूलाई बदल्न सक्छ, उसैले मात्र देश बदल्न सक्छ: विश्वप्रकाश शर्मा

जो आफूलाई बदल्न सक्छ, उसैले मात्र देश बदल्न सक्छ: विश्वप्रकाश शर्मा

नेपालखबर
फागुन ३, २०८२ आइतबार १९:७, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले देश बदल्ने बताएका छन्। 

आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपसभापति  शर्माले कांग्रेस आफू बदलिएकाले देश बदल्न सक्ने बताएका हुन्। ‘जो आफूलाई बदल्न सक्छ, उसैले मात्र देश बदल्न सक्छ भन्ने मान्यता कांग्रेसले बोकेको छ,’ शर्माले भने, ‘महाधिवेशनपछि कांग्रेस नवीन र बदलिएको स्वरूपमा अगाडि बढिरहेको छ।’

उनले कांग्रेसको पक्षमा आकर्षण देखिएको बताएका छन्। जनताले खोजेको परिवर्तन र जेनजी आन्दोलनको भावनालाई कांग्रेसले मात्रै सम्बोधन गर्न सक्नेको भनाइ थियो। 

जनता समाजवादी पार्टी (जसपा) नेपालका केही नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्। केही दिनअघि जसपा नेपालका नेता मनिष मिश्र कांग्रेसमा प्रवेश गरेका थिए। 

उनले अब कांग्रेस सबैको साझा र भरोसायोग्य घर बनेको उनले जिकिर गरे। विशेष महाविधेशनबाट नयाँ नेतृत्व आएसँगै कांग्रेस सबैको भएको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad