राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेका छन्।
राष्ट्रपति पौडेलले आइतबार पशुपतिनाथमा दर्शन र पूजाआराधना गरेका हुन्। उनले काठमाडौँको सिफलस्थित भण्डारेश्वर महादेव मन्दिरको पनि दर्शन गरेका छन्।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना गरेलगत्तै राष्ट्रपति पौडेल सिफल पुगेका थिए। पौडेललाई मन्दिरका पुजारीले विधिपूर्वक पूजा गराई टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए।
त्यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले पनि पशुपतिनाथ महादेवको दर्शन गरेकी छन्। उच्च पदस्थ व्यक्तिको आगमनलाई ध्यानमा राख्दै मन्दिर परिसरमा सुरक्षा व्यवस्था मजबुत पारिएको थियो।













72
Shares

प्रतिक्रिया