वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले ‘संकल्प पर्व’को अवसरमा देशका विभिन्न जिल्लामा कार्यक्रमहरू गरेको छ।
‘जनयुद्ध दिवस’लाई विगत चार वर्षदेखि वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले ‘संकल्प पर्व’को रुपमा मनाउँदै आएको छ।
संकल्प पर्वको अवसरमा माघ २९ र फागुन १ गते देशैभरि विभिन्न कार्यक्रम गर्ने गरिएको सो पार्टीले जनाएको छ।
काठमाडौँको बौद्धमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति)ले संसदीय बाटोबाट अब मुलुकको संकट समाधान नहुने बताए।
‘संसदीय निर्वाचनले मुलुकको संकट समाधान गर्न सक्दैन,’ आहुतिले भने, ‘भदौमा विघटन भएको एकथान संसद्को ठााउँमा अर्को नयाँ संसद् आउँदैमा मुलुकका समस्या समाधान हुँदैनन्। यही मान्यतामा आधारित भएर नै हाम्रो पार्टीले फागुन २१ गतेको चुनाव बहिष्कार गर्ने नीति लिएको छ।’
उनले नेपालमा अब पुरानो कम्युनिस्ट आन्दोलन संकटमा परेको दावी गरे।
‘अब नयाँ कम्युनिस्ट आन्दोलनको निर्माण गर्नुपर्छ। राजनीतिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा हामी अब नयाँ ढंगले अघि बढ्नुको विकल्प छैन। सोही संकल्पसहित हामीले जनयुद्ध दिवसलाई संकल्प पर्वको रुपमा मनाउन थालेका हौँ।’
उनले संकल्प पर्व नेपालको अग्रगामी परिवर्तनको लागि भएका बलिदानको स्मरण गर्ने दिन भएको बताए। ‘हामी संकल्प पर्वलाई सांस्कृतिक पर्वको रुपमा स्थापित गर्ने अभियानमा छौँ,’ उनले भने, ‘हामी माघ २९ र फागुन १ गते खानपिन, नाचगानसहित रमाइलो गरेर यो पर्व मनाउँने छौँ।’
कार्यक्रममा नेता यशु चौलागाईँले संकल्प पर्वका सम्बन्धमा पार्टीको आधारपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा कलाकारहरूले गीत तथा नृत्य पस्तुत गरेका थिए।
हेर्नुहाेस् थप तस्बिर








Shares

प्रतिक्रिया