राजनीति


प्रधानमन्त्री कार्कीसँग श्रीलंकाकी नवनियुक्त राजदूत डेल्पिटियाको भेट

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाकी नवनियुक्त राजदूत डेल्पिटियाको भेट

नेपालखबर
माघ २१, २०८२ बुधबार १८:१५, काठमाडौँ

नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेकी छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेकी हुन्।

भेटका क्रममा दुवै पक्षबीच नेपाल र श्रीलंका बीचको आपसी द्विपक्षीय सम्बन्ध तथा हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको थियो।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिँदै उनको कार्यकाल सफलताको शुभकामना व्यक्त गरिन्। राजदूत डेल्पिटियाले हालै मात्र नेपालमा आफ्नो पदभार सम्हालेकी छन्।

उनले यसअघि श्रीलंकाको विदेश मन्त्रालयमा पूर्वी एशिया तथा अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य विभागको महानिर्देशक तथा बंगलादेशमा उप–उच्चायुक्तको रूपमा कार्य गरेकी थिइन्।

यो भेटले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad