कला


निर्देशक राउतको प्रस्टीकरण: ‘कुमारी’ को कथा ‘सैयारा’ भन्दा बिल्कुल फरक छ

निर्देशक राउतको प्रस्टीकरण: ‘कुमारी’ को कथा ‘सैयारा’ भन्दा बिल्कुल फरक छ

नेपालखबर
माघ २१, २०८२ बुधबार १८:२८, काठमाडौँ

पोस्टर सार्वजनिक गर्दै नेपाली फिल्म ‘कुमारी’ को घोषणा गरिएसँगै बलिउड फिल्म ‘सैयारा’ सँग तुलना गर्न थालियो। किनकि त्यसबखत हलमा प्रदर्शनरत लबस्टोरी हिन्दी फिल्म ‘सैयारा’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको थियो।

एक त दुवै लबस्टोरी फिल्म, त्यसमाथि दुवैमा नयाँ अनुहार। यी दुई समानताले फिल्मलाई दाज्न थालियो। गीतदेखि ट्रेलर सार्वजनिक हुँदासम्म पनि फिल्मलाई ‘सैयारा’ सँगै तुलना गर्न थालिएको छ।

अब फिल्म रिलिज हुने वेला निर्देशक दिनेश राउतले यसबारे प्रस्टीकरण दिएका छन्। बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘कुमारी’लाई ‘सैयारा’सँग दाँज्नु सतही बुझाइ मात्र भएको बताएका हुन्।

‘फिल्मलाई सैयाराको नेपाली भर्सन भन्नु सतही बुझाइ मात्र हो। फिल्मको कथा के हो भन्नेतिर नगइ लभस्टोरी फिल्म भयो र दुवैमा नयाँ केटाकेटी भए भन्ने हिसाबमा त्यसलाई सैयारासँग दाँज्नु सतही बुझाइ हो जस्तो मलाई लाग्छ। त्यो बुझाइ फिल्म रिलिजपछि गलत सावित हुनेछ। किनकि, फिल्मको कथा ‘सैयारा’भन्दा बिल्कुल फरक छ,’ उनले भने।

आफ्नो अघिल्ला लभस्टोरी फिल्मभन्दा दर्शकलाई ‘कुमारी’ फरक लाग्ने पनि समेत उनले दाबी गरे। ‘कुमारी’ बाट अबिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मालगायत कलाकारको अभिनय रहेको छ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। यो फिल्म माघ २३ गते रिलिज हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad