काठमाडौंमा रहेका चिनियाँहरुको एक समूहले स्वदेश फर्किन पाउँ भनी सिंहदरबारअघि प्रदर्शन गरेपछि उनीहरुमध्ये ३२ चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ।
सो समूहले सिंहदरबारको मुख्य गेटतर्फ प्रदर्शन गरेपछि प्रहरीले ११ महिला र २१ पुरुषसहितको समूहलाई पक्राउ गरेको हो।
प्रदर्शनका क्रमममा उनीहरुले प्रहरीलाई समेत हातपात गरेको प्रहरीले जनाएको छ।
सो प्रदर्शनका क्रममा सिंहदरबार वृतका प्रमुख डीएसपी हरिबहादुर बस्नेतलाई चोट लागेको प्रहरीले जनाएको छ।
उनीहरुले यहाँ राम्रो खानेबस्ने व्यवस्था नभएकोले आफ्नै देश जान पाउनुपर्ने दाबी गरेका हुन्।
प्रतिक्रिया