राजनीति


माधव नेपालसहित ९३ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

माधव नेपालसहित ९३ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

नेपालखबर
माघ १८, २०८२ आइतबार १४:२९, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालसहित ९३ जना विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ‘साक्षी बुझ्ने’ आदेश दिएको छ। 

आइतबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले ‘साक्षी बुझ्ने’ आदेश दिएको हो। 

पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। 

२०६६ माघ १८ मा मन्त्रिपरिषद्‌ बैठकले काभ्रेको साँगामा ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न स्वीकृति दिएको थियो। त्यसपछि पतञ्जलीले २०६६ चैत ६ मा हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो। 

त्यसपछि मन्त्रिपरिषद् बैठकले त्यो जग्गालाई खरिदबिक्री गर्न स्वीकृति दिएको थियो। त्यो प्रक्रिया कानुन विपरीत भएको भन्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो। 

अख्यितारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ। यसअघि असार ११ गते भएको थुनछेकको बहसमा विशेष अदालतले पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad