राजनीति


निर्वाचन मुलुकलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको लडाईं होः पोखरेल

निर्वाचन मुलुकलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको लडाईं होः पोखरेल

नेपालखबर
माघ १६, २०८२ शुक्रबार १६:९, काठमाडौँ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किज्मका नाममा नेपाली समाजलाई विभाजित गर्ने दुष्प्रयास भइरहेको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन्।

उनले जेन–जी आन्दोलनको नाममा युवापुस्ताको भावनामाथि खेल्दै विदेशी शक्तिले देशमाथि प्रभाव जमाउने प्रयास गरिरहेको आरोप पनि लगाए। महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरू जेन–जी युवाहरूको आन्दोलनलाई अपहरण गरी देशविरोधी शक्तिले आफ्नो नियन्त्रणमा लिएको उदाहरण भएको टिप्पणी पनि गरे।

उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन राष्ट्रका पक्षमा उभिने शक्ति र विदेशी इसारामा भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने शक्तिबीचको द्वन्द्वको रुपमा हेरिनुपर्ने तर्क गरे।

आगामी निर्वाचनलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको छनोटका रूपमा जनतामाझ लैजानुपर्ने आवश्यकता रहेको पनि बताए।

मुलुकलाई जलाउने नभई बनाउने शक्तिले मात्रै देशलाई समृद्धिको बाटोमा लैजानसक्ने भन्दै युवाहरूलाई त्यसको पक्षमा भूमिका खेल्न आह्वान गरे।

महासचिव पोखरेलले भने, ‘भदौ २३ र २४ गतेको घटना जेनजी युवाहरूको भावनामा खेलेर उनीहरूको आन्दोलनलाई अपहरण गरिकन देश विरोधी शक्तिहरूले कब्जा गरेको अवस्था हो। आज यो मुलुक राष्ट्रका पक्षमा उभिने की भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउनको लागि विदेशी शक्तिको ईशारामा नाच्ने भन्नेहरूबीचको द्वन्द्व हो भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ। त्यसअर्थमा हाम्रो पार्टीले भनेको छ आउने निर्वाचन जलाउनेहरुको पक्षमा कि बनाउनेहरूका पक्षमा भनेर जनताका बीचमा जानुपर्दछ।’

पोखरेलले अहिले राजनीतिक दलहरूसँगै राज्यसत्तामाथि भएको प्रहार देशभक्त नागरिकले गर्न नसक्ने भन्दै विदेशी शक्तिको हात रहेको आंशका गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad