राजनीति


उपसभापति अर्यालको नेतृत्वमा रास्वपाको ५१ सदस्यीय निर्वाचन समिति गठन

उपसभापति अर्यालको नेतृत्वमा रास्वपाको ५१ सदस्यीय निर्वाचन समिति गठन

नेपालखबर
माघ १५, २०८२ बिहिबार १२:१७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। 

निर्वाचन लक्षित गतिविधिका लागि अर्यालको नेतृत्वमा समिति गठन गरिएको रास्वपाले जनाएको छ। समितिको सदस्य सचिवको जिम्मेवारी शंकर श्रेष्ठलाई दिइएको छ। 

यससँगै रास्वपाले सातै प्रदेशमा समन्वय समिति पनि गठन गरेको छ। त्यस्तै, तीन वटा विशेष समिति पनि बनाएको छ। आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्व्य उपसमिति र सञ्चार समन्वय समिति गठन गरिएको रास्वपाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad