कारोबार


नबिल बैंकको खुद नाफा करिब ५ अर्ब, निष्क्रिय कर्जा पनि घटायो

नबिल बैंकको खुद नाफा करिब ५ अर्ब, निष्क्रिय कर्जा पनि घटायो

नेपालखबर
माघ १५, २०८२ बिहिबार १२:४४, काठमाडौँ

नबिल बैंकले खुद नाफामा साउनदेखि पुससम्मको अवधिमा डेढ अर्बको छलाङ मारेको छ। 

बिहीबार सार्वजनिक भएको ६ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १ अर्ब ५१ करोड ५३ लाख ६४ हजारले बढेको देखिएको हो। 

बैंकले पुससम्म ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष यही अवधिमा नबिल बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेको थियो।  

त्यसैगरी यो अवधिमा खुद वितरणयोग्य नाफा पनि बैंकले बढाएको छ। यो अवधिमा २ अर्ब ७९ करोड ९६ लाख ५१ हजार रुपैयाँ खुद वितरणयोग्य नाफा गरेको छ। गत वर्ष १ अर्ब ५१ करोड ४५ लाख ३१ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। बैंकको कुल वितरणयोग्य नाफा ३ अर्ब २७ करोड ३० लाख ३२ हजार रहेको छ। गत वर्ष यही अवधिमा यस्तो नाफा १ अर्ब ८९ करोड १७ लाख ३५ हजार रुपैयाँ थियो। 

पुससम्म बैंकको वार्षिक वितरणयोग्य नाफा प्रतिसेयर २२.५० रुपैयाँ छ। गत वर्ष यस्तो नाफा प्रतिसेयर ९.३८ रुपैयाँ थियो। बैंकको कुल सम्पत्ति पुससम्म ६ खर्ब ९७ अर्ब बढी छ। गत वर्ष ६ खर्ब ३६ अर्ब बढी थियो। 

गत वर्ष ५ खर्ब ७४ अर्ब बढी कुल दायित्व रहेकामा यस वर्ष ६ महिनामा  ६ खर्ब २८ अर्ब नाघेको छ। यो अवधिमा बैंकको कुल पुँजी पुससम्म ६८ अर्ब ७५ करोड रहेको छ। गत वर्ष ६२ अर्ब ५३ करोड रहेको थियो। 

पुससम्म बैंकले ८ अर्ब ८ करोड ७२ लाख ८८ हजार खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको तुलनामा यो १ अर्ब ९१ अर्ब बढी हो। गत वर्ष ७ अर्ब ८९ करोड ५९ लाख ४९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो। त्यसैगरी बैंकले पुससम्म १ अर्ब ६१ करोड १३ लाख २७ हजार खुद शुल्क र कमिसन आय गरेको छ। यस्तो आय गत वर्ष १ अर्ब ५१ करोड १४ लाख ४२ हजार रुपैयाँ थियो। 

बैंकको कुल सञ्चालन आय १० अर्ब ६३ करोड १७ लाख २९ हजार रुपैयाँ छ। गत वर्ष १० अर्ब ६ करोड ९३ लाख ९९ हजार रुपैयाँ थियो। बैंकले यो अवधिमा १० अर्ब ६८ करोड ५ लाख ५५ हजार खुद सञ्चालन आय गरेको छ। गत वर्ष ८ अर्ब ७१ करोड ८३ लाख ९० हजार रुपैयाँ थियो। 

६ महिनामा बैंकले सञ्चालन नाफा ६ अर्ब ५७ करोड २६ लाख ९८ हजार गरेको छ। गत वर्ष यस्तो नाफा ५ अर्ब १७ करोड ७४ लाख १० हजार थियो। त्यस्तै आयकरअघिको नाफा ६ अर्ब ६१ करोड ४२ लाख रहेको छ। गत वर्ष यस्तो नाफा गत वर्ष ४ अर्ब ६३ करोड ६४ लाख २२ हजार रुपैयाँ थियो। 

बैंकले यस अवधिमा निष्क्रिय कर्जामा समेत सुधार गर्न सफल भएको छ। पुससम्म बैंकको कुल निष्क्रिय कर्जा ४.२५ प्रतिशतमा झरेको छ। गत वर्ष सोही अवधिमा यस्तो कर्जा ४.९३ प्रतिशत थियो। 

खुद निष्क्रिय कर्जामा पनि सुधार गरेको बैंकले ०.८८ प्रतिशतमा सीमित पारेको छ। गत वर्ष यस्तो कर्जा १.७० प्रतिशत थियो। पुससम्म बैंकले कुल निष्क्रिय कर्जामा राखेको प्रोभिजन १११.९७ प्रतिशत रहेको छ। गत वर्ष ९५.२५ प्रतिशत थियो।
 
बैंकको तीन महिनाको औसत आधार दर ५.०४ प्रतिशत रहेको छ। गत वर्ष ६.३१ प्रतिशत थियो। त्यस्तै, स्वपुँजीमा वार्षिक प्रतिफल १४.५४ प्रतिशत रहेको छ। गत वर्ष ११.०३ प्रतिशत थियो। यसबाहेक वार्षिक सम्पत्तिमा प्रतिफल १.४३ प्रतिशत रहेको छ। जुन गत वर्ष १.१४ प्रतिशत थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad