राजनीति


काठमाडौँ-१० मा घरदैलो अभियानमा डा. राकेश न्यौपाने

काठमाडौँ-१० मा घरदैलो अभियानमा डा. राकेश न्यौपाने

नेपालखबर
माघ १४, २०८२ बुधबार १८:१८, काठमाडौँ

उज्यालो नेपाल पार्टीबाट काठमाडौँ-१० का उम्मेदवार डा. राकेश न्यौपानेले घरदैलो अभियान सुरु गरेका छन्। 

चुनावी प्रचारका क्रममा मतदातासँग भेटघाट गरिरहेको उनले बताए। मतदाताको घरदैलोमै पुगेर उज्यालो नेपाल र आफ्नो दृष्टिकोण सुनाइरहेको उनले बताए। 

चुनावी मैदानमा रहेका डा. न्यौपाने चर्चित चिकित्सक र समाजसेवी हुन्। उनले २०७२ सालको विनाशकारी भूकम्पको समयमा देशका विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा स्वयंसेवी चिकित्सकका रूपमा सेवा गरेका थिए। 

त्यस क्रममा स्वास्थ्य, सामाजिक र आर्थिक चुनौतीहरू नजिकबाट बुझेको बताउँदै तिनलाई सम्बोधन गर्न काम गर्ने उनको भनाइ छ।

सामाजिक न्याय, सुशासन, शिक्षा, स्वास्थ्य र युवामैत्री रोजगारमा केन्द्रित रहेर मतदातासँग कुराकानी गरिरहेको उनी सुनाउँछन्। 

यसअघि उनी २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा बाराबाट स्वतन्त्र उम्मेदवार बनेका थिए। यस पटक भने उज्यालो नेपाल पार्टीबाट काठमाडौँ-१० मा उम्मेदवारी दिएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad