राजनीति


आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभाको निर्वाचन प्रतिवेदन

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभाको निर्वाचन प्रतिवेदन

नेपालखबर
माघ १४, २०८२ बुधबार १२:५६, काठमाडौँ

निर्वाचन आयोगले भरखरै सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्। 

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन्। 

माघ ११ गते राष्ट्रिय सभाका १८ सदस्यका लागि निर्वाचन भएको थियो। त्यसमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निर्वाचित भएका थिए। तीनै पार्टीले निर्वाचनमा गठबन्धन गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad