राजनीति


सर्लाही-४ का चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही-४ का चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

नेपालखबर
माघ १४, २०८२ बुधबार १२:३०, काठमाडौँ

सर्लाही-४ पर्ने गोडैता नगरपालिकाका चार जना वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

बुधबार गोडैता नगरपालिकाको वडा नंं. १ का वडाध्यक्ष सुजित महतो, वडा नं. २ का वडाध्यक्ष अजयप्रसाद शाह, वडा नं. ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं. ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेका हुन्।

महतो र शाह नेपाल कम्युनिस्ट पार्टी (नेकपा), गुप्ता जनता समाजवादी पार्टी (जसपा) र पण्डित नेकपा (एमाले) बाट वडाध्यक्ष निर्वाचित भएका थिए। 

यस्तै, गत प्रदेश सभाको निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही-४ ‘ख’मा उम्मेदवार बनेका कृष्णकुमार कुशवाह पनि कांग्रेसमा प्रवेश गरेका छन्। 

यसैगरी, बसबरियाका जसपा नेता मुकेश यादव र वडा सदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन्। उनीहरूलाई कांग्रेस सभापति गगन थापाले पार्टीमा स्वागत गरेका छन्। थापा सर्लाही-४ बाटै प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad