काठमाडौँको नागार्जुन नगरपालिका-६ स्थित फस्कु चोकमा दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
गए राति बा.प्र. ०२-०२-००३ प ६७१६ र बा. प्र. ०२-०५४ प ०५५७ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा बा. प्र. ०२-०५४ प ०५५७ नम्बरको मोटरसाइकल चालक २५ वर्षीय भीमराज तामाङको घाइते भएका थिए।
गम्भीर घाइते भएका नागार्जुन-८, भीमढुङ्गाका तामाङलाई स्वयम्भूस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
36
Shares

प्रतिक्रिया