निर्वाचनको सरगर्मी बढ्दै जाँदा डोल्पामा अन्य दलका उम्मेदवारहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उज्यालो नेपाल पार्टी र मितेरी पार्टीका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी त्यागेर कांग्रेस रोजेका हुन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार उज्यालो नेपालका उम्मेदवार दिलबहादुर विष्ट र मितेरी पार्टीकी उम्मेदवार जुनु भण्डारी कांग्रेस प्रवेश गरेका हुन्। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले उनीहरूले उम्मेदवारी फिर्ता लिँदै कांग्रेसको सांगठनिक अभियानमा जोडिने निर्णय गरेको जानकारी दिए।
'अन्य दलका उम्मेदवार, समर्थक र कार्यकर्ताहरू कांग्रेस प्रवेश गर्ने लहर देशैभर चलेको छ,' प्रवक्ता चालिसेले भने।
फागुन ७ मा जनकपुरमा शक्ति प्रदर्शन
कांग्रेसले आगामी फागुन ७ गते मधेस प्रदेशको राजधानी जनकपुरमा केन्द्रीय स्तरको विशाल आमसभा गर्ने तयारी गरेको छ। उक्त सभापछि अन्य प्रदेशका मुख्य सहरहरूमा पनि शृंखलाबद्ध आमसभाहरू सञ्चालन गरिने प्रवक्ता चालिसेले बताए।
पार्टीले चुनावी घोषणापत्र लेखनको कामलाई पनि तीव्रता दिएको छ। महामन्त्री गगन थापाको नेतृत्वमा गठित घोषणापत्र लेखन समितिले काम गरिरहेको र केही समयभित्रै औपचारिक रूपमा सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।
Shares

प्रतिक्रिया