राजनीति


अब हामी कुनै पनि दलसँग मिसिँदैनौँ : कुलमान घिसिङ

अब हामी कुनै पनि दलसँग मिसिँदैनौँ : कुलमान घिसिङ

नेपालखबर
माघ १३, २०८२ मंगलबार १६:२४, काठमाडौँ

उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले अब आफ्नो दल कुनै पनि पार्टीसँग नमिसिने बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकताबाट चेतेको बताए। रास्वपासँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि उनको भनाइ यियो। 

‘पार्टी गठन भएको तीन महिनामा पनि पुगेको छैन। तर हामी त्यो बीचमा कोमामा पनि गयौँ। त्यस कारण केही समस्या आयो,’ घिसिङले भने। 
रास्वपासँगको एकताका १२ दिनलाई उनले ‘कोमा’को संज्ञा दिए। त्यसपछि अहिले तन्द्रुस्त भएर निस्किएको उनको भनाइ थियो। 

‘अहिले हामी तन्दुरुस्त भएर निस्कियौँ। अब हामी कुनैपनि दलसँग मिसिएर उज्यालो पार्टीको नाम र चुनाव चिह्न विलय हुन दिनेछैनौँ,’ उनले भने, ‘अरु पार्टी यो दलमा मिसिन सक्छन् तर हामी मिसन जाँदैनौँ।’

आउँदो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन अपिल गरे। उनेपाबाट १२१ जना उम्मेदवार बनेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad