राजनीति


संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा

संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा

नेपालखबर
माघ ११, २०८२ आइतबार १७:१५, काठमाडौँ

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ। 

आइतबार आयोगको कार्यालयमा एक कार्यक्रमबीच कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारीले केन्द्रको शुभारम्भ गरे।

केन्द्रको शुभारम्भ गर्दै उनले निर्वाचनका क्रममा कुनैपनि निर्वाचन क्षेत्रमा देखिनसक्ने समस्या तत्काल पहिचान गरी समाधान गर्नेगरी सक्रिय रूपमा काम गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको बताए।

उनकाअनुसार निर्वाचन क्षेत्रमा खटिएका निर्वाचन अधिकारी र सुरक्षाकर्मीले समस्या नआउने सुनिश्चितताका लागि निरन्तर निगरानी गर्दागर्दै पनि स्थानीय स्तरमै समाधान हुन नसक्ने समस्या आएमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रले सबै पक्षसँग समन्वय र सहकार्य गरी समस्याको समाधान गर्नेछ।  

उनले भने, ‘यस केन्द्रले कुनैपनि निर्वाचन क्षेत्रमा कुनैपनि समस्या आयो भने तत्काल परीक्षण गरेर समाधान गर्ने कार्यमा एकदमै दत्तचित्त भएर लाग्छ। यद्यपि कुनैपनि समस्याहरू आउन नदिन हाम्रा निर्वाचन क्षेत्रमा खटिएका अधिकारी एवं सुरक्षाकर्मीहरुले लाग्नुहुन्छ। यदि समस्या आइहाल्यो भने पनि उतै समाधान गर्नुहुन्छ। यदि त्यहाँबाट समाधान गर्न नसकिने प्रकृतिका कुनै समस्याहरू आए भने यस केन्द्रले तुरुन्तै समाधान गर्छ।’

केन्द्रमार्फत निर्वाचन अवधिभर उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको मूल्यांकन, जनशक्ति तथा स्रोतसाधनको परिचालन, सूचनाको आदानप्रदान र समन्वयात्मक निर्णय प्रक्रिया सञ्चालन उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad