नेपाली कांग्रेसका निवर्तमान सांसद राजेन्द्र बजगाईंले पार्टी परित्याग गर्ने सोचमा पुगेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत् बजगाईंले ‘केही निकृष्ट पात्र’का कारण कांग्रेस छाड्नु पर्ने अवस्थामा पुगेको जिकिर गरेका छन्।
‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु। धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास- नामसारी गरिदिएँ, कैयौँको जीवन जोगाईदिएँ। एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नैपर्ने भयो,’ उनले एक्समा लेखेका छन्।
बजगाईं २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा गोरखा-१ बाट निर्वाचित भएका थिए। कांग्रेस नेता शेखर कोइराला निकट बजगाईं आसन्न फागुन २१ मा हुने निर्वाचनमा पनि टिकटको आकांक्षी थिए।
कांग्रेसमा विशेष र नियमति महाधिवेशनको मतभेद हुँदा उनी सुरुमा नियमित महाधिवेशनको पक्षमा थिए। अन्तिममा विशेष महाधिवेशनमा पुगेका बजगाईं गोरखा-१ को टिकट पाउनेमा आशावादी थिए।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले गोरखा-१ को टिकट प्रेम खत्रीलाई थमाए। त्यसपछि उनले कांग्रेस छोड्ने सोचमा पुगेको जनाएका हुन्।
धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ,धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु।
धेरैलाई सन्तानको सुख र गास– नामसारी-गरिदिएँ,
कैयौँको जीवन जोगाईदिएँ,
एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नै पर्ने भयो।— Rajendra Bajgain (Raj) (@Rajgurkha) January 25, 2026
Shares

प्रतिक्रिया