राजनीति


राष्ट्रियसभा निर्वाचन: सातै प्रदेशमा मतदान सुरु

राष्ट्रियसभा निर्वाचन: सातै प्रदेशमा मतदान सुरु

नेपालखबर
माघ ११, २०८२ आइतबार ९:२१, काठमाडौँ

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाका १८ पदका लागि आज निर्वाचन हुँदै छ। सातै प्रदेशका प्रदेश राजधानीस्थित मतदान केन्द्रमा आइतबार हिान नौबजेदेखि नै मतदान सुरु भएको 

निर्वाचन आयोग प्रवक्ता नारायण भट्टराईले जानकारी दिए। आइतबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ। 

कुल १८ पदमध्ये कोसी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको छ। 

रिक्त हुन लागेका बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको हाे। 

कोसी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइकेका छन्। 

कोसी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो ।

त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको प्रवक्ता भट्टराईले जानकारी दिए।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केही जनप्रतिनिधिले पदबाट राजीनामा दिएर उम्मेदवारी दिएकाले यसअघि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनको मतभारसमेत घटेको आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad