कोरोना परीक्षणका लागि बिहीबार संघीय संसदका सांसद र अन्य गरी ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ।
१७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्टिय सभा सदस्य र २२९ जना कर्मचारी तथा मर्यादापालक गरी जम्मा ४४१ जनाको स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ।
‘बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको स्वाब संकलन शुक्रबार विहान ८ बजे देखि १० बजे सम्म संसद भवनमै संकलन गरिने छ,’ सचिवालयले जनाएको छ।
सचिवालयका अधिकारीहरुका अनुसार आज संकलन गरिएका स्वाब परीक्षणको नतिजा शुक्रबार बिहानदेखि क्रमशः आउन सुरु हुनेछ।
शुक्रबार अपरान्हदेखि संसदको बजेट अधिवेशन सुरु हुन लागेको हुँदा त्यसअघि सांसदहरुको कोरोना परीक्षण गरिएको हो।
याे पनि:
कोरोना परीक्षण: सांसदहरुको स्वाब संकलन सुरु (फोटो फिचर)

प्रतिक्रिया