३७ वर्षका बिङ लिउको शव शनिबार पिटर्सबर्गस्थित घरमै फेला परेको बीबीसीले जनाएको छ। उनको शिरमा धेरैवटा गोली लागेको देखिएको प्रहरीले जनाएका छन्।
उनी युनिभर्सिटी अफ पिटर्सबर्ग स्कुल अफ मेडिसिनमा सहप्राध्यापकको रुपमा कार्यरत थिए। उनका सहपाठीकाअनुसार कोरोना भाइरसबारे अनसन्धानमा लिउले ठूलो सफलता हात पार्न लागेका थिए।
प्रहरीका अनुसार लिउको हत्या गर्ने व्यक्ति ४६ वर्षीय सफ्टवेयर इन्जिनियर हाउ गु हुन्। लिउको हत्या गरेपछि हाउले पनि आत्महत्या गरेको बताइएको छ।
लिउ र हाउ एकअर्कामा परिचित थिए। अनुसन्धानका अनुसार यस घटना लिउको अनुसन्धानसँग जोडिएको छैन।
चिनियाँ सामाजिक प्रयोगकर्ताले भने चिनियाँ भएकै कारण लिउको हत्या भएको आरोप लगाएका छन्। एजेन्सी
3
Shares

प्रतिक्रिया