नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी गराउन चाहेको दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई पहिलो पार्टी बनाउन देशभर लहर नै चलेको जिकिर समेत गरे।
उनले युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको बताए।
उनले भने, ‘चुनावमा जनताले जिताउन चाहेका छन् नेपाली कम्युनिष्ट पार्टीलाई। सबैभन्दा ठूलो नम्बर एक पार्टीको रुपमा यसलाई विजयी बनाउनका लागि मेचीदेखि महाकालीसम्म एउटा अभियान चलिरहेको छ। लहर चलिरहेको छ। त्यसको अगुवाई ओखलढुंगाले गर्नुपर्छ। यतिकै भनिएको होइन मेरो प्यारो ओखलढुंगा। यो जिल्लाले पूर्वलाई पनि तरंगित गर्नेछ, पश्चिमलाई पनि तरंंगित गर्नेछ। हिमाल, पहाड तराई सबैलाई तरंगित गर्नेछ। यसले अहिलेको चुनावमा कीर्तिमान त कायम गर्छ। जनताको भावनाअनुसार हामी काम अघि बढाउनेछौँ।’
सहसंयोजक नेपालले जेन–जी पुस्ताको भावनाअनुसार आफूहरू अघि बढिरहेको पनि दाबी गरे।
Shares

प्रतिक्रिया