राजनीति


बाबुराम भट्टराईले गोरखा २ मा मागे लेखनाथ न्यौपानेको साथ, नेकपाका उम्मेदवार न्यौपानेले के भने?

बाबुराम भट्टराईले गोरखा २ मा मागे लेखनाथ न्यौपानेको साथ, नेकपाका उम्मेदवार न्यौपानेले के भने?

नेपालखबर
माघ ९, २०८२ शुक्रबार १२:१७, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा आफूलाई सघाउन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई आग्रह गरेका छन्। 

गोरखा २ बाट उम्मेदवार बनेका नेकपाका नेता लेखनाथ न्यौपानेलाई शुक्रबार बिहान फोन गरेर भट्टराईले निर्वाचनमा आफूलाई सघाउन आग्रह गरेका हुन्। पूर्व माओवादी नेता भट्टराई यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार छन्। 

‘उहाँले आज (शुक्रबार) बिहान मलाई फोन गरेर गोरखा २ मा आफूलाई सघाउन भन्दै हुनुहुन्थ्यो, तर मैले अस्वीकार गरेँ,’ हाल निर्वाचन क्षेत्रमै रहेका नेकपाका युवा नेता न्यौपानेले नेपालखबरसँग भने, ‘म यहाँ निकै अघि बढिसकेको छु। तपाईँलाई सघाउने अवस्था छैन भन्ने जबाफ मैले उहाँलाई दिएँ।’

उम्मेद्‍बार बन्नुअघि आफूले बाबुराम भट्टराईसँग सल्लाह गरेको पनि उनले बताए। ‘त्यतिबेला मैले तपाईँ उम्मेद्‍बार बन्ने भए भन्नुस्, नत्र म यहाँबाट उठ्दै छु भनेको थिएँ,’ न्यौपानेले भने, ‘तर, त्यतिबेला बाबुराम दाइले यसपटक आफू उम्मेदवार नबन्ने बताउनु भएको थियो।’

औपचारिक रूपमा चुनावी प्रक्रियामा प्रवेश गर्नुअघि नै आफूले भट्टराईको मनस्थिति बिचार गरेको न्यौपानेको भनाई छ। 

‘मैले उहाँलाई भेटेरै तपाईँको स्थिति के हो दाइ भन्नुस्, तपाईँ फेरि पनि अघि बढ्ने हो भने मैले के गर्ने धारणा बनाउँछु। तपाईँ अघि नबढ्ने हो भने म अघि बढ्छु भनेर मैले जानकारी गराएको थिएँ,’ न्यौपानेले भने, ‘तर उहाँले त्यतिबेला म सँग अब म होइन, अब युवा पुस्तालाई मेरो समर्थन रहन्छ, तपाईँ अघि बढ्नुस्, क्षमता पनि छ, अबसर पनि पाउनु भएको छैन भनेपछि म यता तयारीमा लागेको हुँ। पार्टीले टिकट पनि दियो, मनोनयन भयो। प्रक्रिया अघि बढिसकेको अवस्थामा अब उहाँले मलाई सघाउनूस् भन्न मिल्दैन।’

न्यौपानेले बाबुरामले भनेर मात्र अब सघाउने वा नसघाउने भन्ने अवस्था नहुने बताए। ‘निर्वाचनको प्रक्रिया निकै अघि बढिसकेको छ। मैले मात्रै हुन्छ या हुँदैन भनेर पनि हुँदैन। यहाँ यत्रो कार्यकर्ताको पङ्ती छ। अब तपाईँलाई सघाउने ठाउँ छैन भनेर मैले कुरो टुंग्याएँको छु।’ 

आफूले निर्वाचन जित्दै आएको गोरखा २ मा ०७९ सालमा भट्टराईले प्रचण्डलाई सघाएका थिए। त्यसअघि २०६४, २०७९ र २०७४ सालको निर्वाचनमा भट्टराई सोही क्षेत्रबाट विजयी भएका थिए। 

राम्रो प्रभाव भएको सो क्षेत्रबाट नेकपाले यसपटक अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad