राजनीति


सानेपामा गगनको कार्यकक्ष तयार, बीपीदेखि देउवासम्मका तस्बिर

सानेपामा गगनको कार्यकक्ष तयार, बीपीदेखि देउवासम्मका तस्बिर

कांग्रेस केन्द्रीय कार्यालयमा तयार गरिएको सभापति गगन थापाको कार्यकक्ष। तस्बिरहरू: सरोज नेपाल/नेपालखबर


नेपालखबर
माघ ९, २०८२ शुक्रबार १२:२२, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा नवनिर्वाचित सभापति गगन थापाको कार्यकक्ष तयार गरिएको छ। 

सभापति निर्वाचित भएपछि पहिलो पटक सभापति थापा केन्द्रीय कार्यालय जाँदै छन्। आजै केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ। 

थापाको कार्यकक्ष साजसज्जा गरिएको छैन। एउटा कुर्सी र सोफा राखिएको छ। थापा बस्ने कुर्सीको ठीक माथि भित्तामा पूर्व सभापतिका तस्बिर टाँगिएका छन्। 

कांग्रेसका संस्थापक सभापति बीपी कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्म सबैको तस्बिर लहरै राखिएको छ। कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठकबाट थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad