पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम भएको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले एकै क्षेत्रका लागि भीमबहादुर थापा क्षेत्री (भरत) र देवेन्द्र राज कँडेल (मुन्नाबाबु) दुवैलाई टिकट दिएर पठाएपछि विवाद उत्पन्न भएको थियो।
पहिला उम्मेदवारी दर्ता गरेका थापाको नाम कायम गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सुरूमा नेपाली कांग्रेसको तर्फबाट भरतले उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि कँडेल पनि टिकट लिएर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।
उम्मेदवारी दर्ता गर्न कागजात पेश गर्दा कम्प्युटरमा कांग्रेसको तर्फबाट दर्ता भइसकेको देखिएपछि निर्वाचन कार्यालयले इन्ट्रि गर्न नमिल्ने भन्दै उनलाई फर्काएको थियो।
669
Shares

प्रतिक्रिया