नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज भएकोमा असन्तुष्टि प्रकट गरेका छन्। कैलाली-१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका उनले आफूविरुद्ध राजनीतिक विभेद भएको समेत उल्लेख गरेका छन्।
‘राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ, बिभेद दमन र उपेक्षित समुदायलाई उत्पिडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता?,’ चौधरीले फेसबुकमा लेखेका छन्, ‘मण्डेलाले लामो संघर्ष गर्दाको परिणाम प्राप्ति सिंगो अफ्रिाका हो। पहिचानको लामो लडाइँको मार्ग कतै त्यहि हुने त होइन? भन्ने भय छ। राजनैतिक बिभेदकाबिरुद्ध सबैको साथ भनेकै जाँतोमा (चकिया) मा मतदान हो।’
निर्वाचन आयोगले उनलाई जन्मकैदको सजाय भएको भन्दै उम्मेदवारी खारेज गरेको छ। चौधरीले यसविरुद्ध देशैभर जाँतो चिह्नमा मतदान गर्न समेत आह्वान गरेका छन्। ‘मेरो उम्मेदवारी खारेजका बिरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहुनेछ भन्ने अपेक्षा सहित,’ उनले लेखेका छन्।
यो पनि: रेशम चौधरीको उम्मेदवारी खारेज
Shares

प्रतिक्रिया