राजनीति


रक्षा बमको अपिल: ‘चुपचाप होइन, प्रश्न सोधेर मात्रै मतदान गरौँ’

रक्षा बमको अपिल: ‘चुपचाप होइन, प्रश्न सोधेर मात्रै मतदान गरौँ’

जेनजी अगुवा रक्षा बम


नेपालखबर
माघ ८, २०८२ बिहिबार १७:२४, काठमाडौँ

'चुपचाप यो छाप, त्यो छाप होइन है जनता जन, प्रश्न सोधेर र योजना बुझेर मात्रै छाप लगाउनुस्,' यो भनाइ कुनै चुनावी उम्मेदवारको होइन, बरु यसपालिको चुनावमा उम्मेदवारी नदिएकी चर्चित युवा अभियन्ता रक्षा बमको हो। आसन्न प्रतिनिधिसभा निर्वाचनको संघारमा बमले मतदाताहरूलाई सचेत रहन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेकी हुन्।

बमले लोकतन्त्रमा 'चुपचाप छाप' लगाउनुलाई लोकतान्त्रिक चेतनाविपरीतको कार्य भनेकी छिन्। उनले अगाडि लेखेकी छिन्, 'चुपचाप छाप लगाएर आफूलाई समर्थन देऊ भन्नु लोकतन्त्र बुझेकाले भन्ने कुरा होइन, चेतनाका साथ र प्रश्न बोकेर मात्रै मतदान गरौँ।'

'नेपाल जेन-जी फ्रन्ट' की नेतृत्वकर्ता रक्षा बम पछिल्लो समय 'जेन-जी आन्दोलन' मार्फत चर्चामा आएकी हुन्। भ्रष्टाचार विरोधी अभियान र युवा नेतृत्वको पक्षमा सडकमा खरो उत्रने रक्षाले यसपटक प्रत्यक्षतर्फ चुनावको उम्मेदवार बनेकी छैनन्। रास्वपा लगायतका नयाँ दलहरूमा उनको चर्चा रहे पनि अन्ततः उनले कुनै पनि दल वा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरिनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad