वैदेशिक रोजगारीका लागि कुक आइसल्यान्ड लैजाने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भइ हाल काठमाडौँको कागेश्वरी मनोहरा–९ बस्ने ३१ वर्षीय रोज बहादुर श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनले एक व्यक्तिबाट १२ लाख ४० हजार रुपैयाँ लिएर लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका श्रेष्ठउपर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
45
Shares

प्रतिक्रिया