राजनीति


सार्वजनिक सम्पति जलाउनेलाई कारबाही गर्नुपर्छ : ओली

सार्वजनिक सम्पति जलाउनेलाई कारबाही गर्नुपर्छ : ओली

नेपालखबर
माघ ७, २०८२ बुधबार १२:३४, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सम्पति जलाउनेलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। 

बुधवार गृह जिल्ला झापामा जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका संरचनाको अवलोकन गर्दै अध्यक्ष ओलीले अपराधिक गतिविधिलाई दुरुत्साहन गर्न नहुने बताए। ‘अपराध गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। अरुको घर जलाएर छोडिदिन पाइन्छ?,’ उनले प्रश्न गरे। 

सार्वजनिक सम्पति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरू कानूनअनुसार दोषी रहेको उनको भनाइ थियो। आपराधिक गतिविधि गर्नेहरूलाई कारबाही हुनुपर्ने र अपराधलाई दुरुत्साहन गर्न नसकिने उनले बताए।

‘राष्ट्रिय सम्पति, सार्वजनिक सम्पति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा आपराधिक गतिविधि हुन्। अपराधलाई प्रोत्साहन गर्न सकिँदैन। अपराध रोक्नुपर्छ,’ ओलीले भने। 
 

अपराध रोकेर शान्तिपूर्ण र बस्न लायकको देश बनाउनुपर्ने उनले बताए। अन्तरिम सरकार देश जलाउनेहरुकै भएकाले पनि अपराधीहरुलाई कारबाही नगरेको उहाँको जिकिर छ। ‘अहिलेको सरकार सायद उनीहरूकै सरकार हो। त्यसकारण उनीहरूलाई जोगाउने काम गरेको छ,’ ओलीको आरोप थियो। 

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली उम्मेदवारी दर्ता गर्न सोमबार झापा गएका थिए। उनले झापा-५ बाट उम्मेदवारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad