कोशी


एमाले युवा संघ दमक नगर कमिटी अध्यक्ष खतिवडा पार्टी छाडेर लागे बालेनतिर

एमाले युवा संघ दमक नगर कमिटी अध्यक्ष खतिवडा पार्टी छाडेर लागे बालेनतिर

नेपालखबर
माघ ७, २०८२ बुधबार १२:२१, विराटनगर

युवा संघ नेपाल दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लागेका छन्। 

सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै, उनले आफू संगठित सदस्य समेत नरहने गरी पद त्याग गरेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा-५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ-समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु।’

उनले आफ्नो राजनीतिक जीवनमा सहयोग गर्ने पार्टी, युवा संघ, विभिन्न सामाजिक संघ-संस्थालाई धन्यवाद समेत दिएका छन्। खतिवडाले आफू अग्रगामी परिवर्तनका पक्षमा र सामाजिक जीवनमा सधै लागिरहने प्रतिबद्धता जनाएका छन्।

नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेलले भनेँ केही आन्तरिक असन्तुष्टि रहेको भएपनि पार्टी नै नछाडेको दाबी गर्छन्। उनले अहिले पनि उनी एमालेको कार्यक्रममा नै रहेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad