राजनीति


बितेका १० वर्ष कांग्रेस र राष्ट्रका लागि ‘काला’ दिन: गगन थापा

बितेका १० वर्ष कांग्रेस र राष्ट्रका लागि ‘काला’ दिन: गगन थापा

नेपालखबर
साउन ५, २०८३ मंगलबार १७:२३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अध्याँरो’ र ‘काला’ दिन भएको टिप्पणी गरेका छन्।

मंगलबार काठमाडौँमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक ‘बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले उक्त अवधीमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी भएको बताए। थापाले राजनीतिक दलका नेताहरुले सत्ता र शक्तिको लागि नागरिकका सबै समस्या र राष्ट्रिय मुद्दा सबै कुराको तिलाञ्जली दिएको आरोप पनि लगाए।

‘२०७२ सालदेखि २०८२ सालसम्मको १० वर्ष नेपाली कांग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि ती अँध्यारो वर्षहरू भए। ती काला दिनहरू भए। जसभित्र केवल सत्ता, सत्ता, सत्ता। शक्ति, शक्ति, शक्ति। त्यसका निम्ति सम्पूर्ण कुराको तिलाञ्जली दिइयो,’ थापाले भनेका छन्।

उनले आफू पार्टीको सिद्धान्तसँग अडिग रहेको कारण निरन्तर संघर्ष गर्दै यहाँसम्म आइपुगेको पनि बताए। उनले पछिल्ला १० वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको पनि बताए।

‘म त सिद्धान्तको लागि सास्ती खानुपर्छ। असिद्धान्तको लागि आठ वर्ष झ्याल खाना बस्नुपरे पनि बस्छु, झुण्डिनुपरे पनि झुण्डिन्छु भन्ने कुरा पढेर, बुझेर र बनेर आएको कार्यकर्ता हो नि,’ थापाले भनेका छन्, ‘तपाईं पनि त्यही हो। हामी सबै त्यही हो । तर गएका दश वर्षभित्र कुनै अनवजवानले कहाँको काँग्रेसको कुरान गरेको भन्यो भने मले उसलाई के भन्ने ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad